काभ्रेको विकासमा एमालेले गरेको योगदानबारे प्रतिवेदन तयार पारिँदै

काभ्रे (बनेपा) – यतिबेला काभ्रेमा सयौ विकासका योजना संचालनमा छन् । काभ्रे जिल्ला एकीकृत विकासले गति लिदैछ । केपी ओलीले तीन वर्ष सरकार चलाउँदा जिल्लामा ठूला लगानीका आयोजनाहरुले प्रवेश पाएसँगै काभ्रे समृद्धि योजना साकार हुने दिशामा अघि बढ्दै गएको अनुभुती हुदैछ ।

काभ्रे जिल्लामा सडक,पुल,खानेपानी,कृषि,सिंचाई, सहरी पूर्वाधार, सहायक राजमार्ग निर्माण धमाधम भइरहेको छ । साथै पर्यटन पूर्वाधार,ठूला र मध्यम विद्युत योजना,करिडोर निर्माण,सुरक्षण छापाखाना निर्माण,मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटि, मदनभण्डारी अद्यौगिक विश्वविद्यालय र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नतीजस्ता कयौं योजनाहरु अघि बढ्दैछ । समृद्धितर्फ उन्मुख काभ्रेपलाञ्चोक जिल्लामाअर्वौं रुपैंयाको विकास आयोजना अघि बढ्दैछ । विभिन्न आयोजनाको काम भइरहेको छ ।

जिल्लामा ठूला आयोजनाको पूर्वाधार निर्माणमा छुट्याइएको बजेटले स्थानीयवासीन्दामा खुशीयाली छाएको छ । ठूला क्रमागत आयोजनाले पनि स्थानीयवासीमा आशा पलाएको पाइन्छ । दीर्घकालीन महत्वका दर्जनौं आयोजनाले निरन्तरता पाएका छन् ।यी ठूला आयोजनाले जिल्लाको मुहार फेरिने सरोकारवालाको विश्वास छ । पछिल्लो केही वर्षदेखि समृद्ध काभ्रेको परिकल्पनासँगै यसका सूचकका रुपमा राष्ट्रिय महत्वका दीर्घकालीन आयोजनाले प्राथमिकता पाउँदै गएको र अन्य पूर्वाधार विकासका योजनाले स्थानीयबासीलाई उत्साहि बनाउँदै लगेको छ । दूर्गम क्षेत्रबाट राष्ट्रिय राजमार्गसँग जोड्ने रोशी, कोशी र डाँडापारी क्षेत्रमा पुल/सडक निर्माणका नयाँ योजनाले जिल्लालाई समृद्ध बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

निर्वाचनका समयमा जनतासँग गरेका वाचाअनुरुप आयोजनाहरु संचालन भइरहेको देखिन्छ । यि योजनाको सबै नेतृत्व नेकपा एमाले लिएको छ । नेकपा एमाले करिब ३ वर्ष सरकारमा रहँदा काभ्रेमा विकासको मुल फुटेको काभ्रे सेवा समाजका पूर्व अध्यक्ष केशव थापाले बताए । एमाले जिल्ला अधिवेशनले काभ्रेको विकास र समृद्धिका यात्रा तय गर्ने गरि प्रतिवेदनको समेत तयारी भैरहेको नेता राजन भुर्तेलले बताए ।

उनका अनुसार यस अघि जिल्ला अधिवेशनमा विकास एजेन्डाहरु तय गरे अनुरुप काम अगाडी बढाइयो थियो । अगाडी नेता भुर्तेलले थपे, ‘हामीले विकासको खाका पनि बन्द सत्रबाट पारित गर्छौँ, यस अगाडीका अधिवेसनमा हामीले गरेको प्रतिवद्धता अनुसार नै काम गरेका छौँ । पार्टीको काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले समृद्ध काभ्रेको अभियान पुरा गर्ने र अधिवेशनले महत्वपुर्ण निणर्य र योजनाहरु तय गर्ने छ ।

एमाले सरकारमा रहँदा काभ्रेमा ३ वटा विश्वविद्यालयहरु लागि केन्द्रीय बजेट राखिएर काम अगाडी बढाइएको थियो । मदनभण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिर्भसिटी (पाँचखाल), राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (बनेपा)र मदन भण्डारी अद्यौगिक विश्वविद्यालय (पनौती)मा काम अगाडी बढेको छ । त्यस्तै काभ्रे उपत्यका खानेपानी जुन हाल बनेपा पनौती र धुलिखेलमा रोशी खोलाबाट ल्याउँने अन्तिम चरण रहेको छ ।

विशेष आर्थिक सेज(पाँचखाल), वृहत पाँचखाल खानेपानी सुनकोसी नदिबाट लिफ्टिङ गरेर ल्याइदैछ । तेमाल खानेपानी आयोजना, भुम्लु एकघर एक धारा, धुलिखेल वातावरणीय सहर, भुकम्प पछिको पुननिमार्ण, पुराना पाटि पौवा, सतल धारा, एतिहासिक मठमन्दिर गुम्बाको जगेर्ना, किसानलाई अनुदान मार्फत रोजगारी सिर्जनाको काम, पर्यटकिय विकासमा ठूलो परिवर्तन, दर्जनौ सडकको स्तारोन्नती र कालोपत्रे, मण्डनभ्याली बृृहत खानेपानी योजना,सुनकोशी तेस्रो जलविद्युत आयोजनाको काम, विद्यालयहरुमा प्रविधिको विकास संगै कम्प्युटर ल्याब, डाँडापारी क्षेत्रमा सञ्चारको विकास, सडक सञ्जालको विकास , सुकुटेमा पुल निर्माणाधिन, विद्युत विस्तार, ६ लेनको सडकको काम अगाडी बढेको छ, स्वास्थ्यको भवन निर्माण , बथिङ सेन्टर निर्माण , धुलिखेलमा प्रयोगशाला सञ्चालन, सबै स्थानीय तहमा व्यवस्थित स्वास्थ्य केन्द्रहरुको स्थापनाको क्रममा रहेको , चांैरीदेउराली खानेपानी निर्माण चरणमा,बेथान्चोक , दाप्चा , साँगा पाचखाल भमरकोट खानेपानी योजना, जनागालमा फिल्म सुटिङ स्टुडियो निर्माणका लागि बजेट विनियोजन, सुरक्षित मुद्रण केन्द्रको पूर्वाधार निर्माण कार्य भई रहेको छ ।

यस बाहेक पनि दर्जनौ योजनाहरु एमाले आफुलाई नेतृत्वदायि भुमिकामा राखेर काम गरिरहेको एमाले पोलिटव्यूरो सदस्य, काभ्रेका इन्चार्ज एवम पूर्व मन्त्री गोकुल बास्कोटाले बताए । एमाले वचन प्रतिवछ, ‘सोही अनुरुप काम गर्दै जाने छ’ हजारौँ पुस्ता सम्मका लागि अनुभुती हुने गरि जिल्लाको विकासमा हामी लाग्ने छौ उनले भने, ‘अबको जिल्ला अधिवेसनले विकास निमार्णमा र समृद्ध काभ्रे निमार्ण गर्ने अभियानका साथ आफ्ना योजनाहरु पनि तय गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस