ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, चार जना घाइते

कपिलवस्तु – कपिलवस्तुमा ट्र्याक्टर हुँदा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर मंगलबार बिहान दुर्घटना भएको थियो।  ट्र्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। यसैगरी, दुर्घटनामा परी बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस