नगर क्षेत्रमा अनुमति नलिई धार्मिक कार्य नगर्न पनौती नगरपालिकाको निर्देशन

काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले अनुमति नलिई नगर क्षेत्रमा कुनैपनि धार्मिक कार्यहरु नगर्न निर्देशन दिएको छ । नगरपालिकाको त्रिवेणीघाटमा माघ महिनाभर लाग्ने मकर मेलालाई व्यवस्थित बनाउन नगरपालिकाले अन्य धार्मिक तथा अनुष्ठानका कार्यका लागि अनुमति लिन आग्रह गरेको हो ।

नगरपालिकाले सूचना जारी गर्दै मेलाको अवसर पारेर नगरको अनुमति नलिई धार्मिक तथा अनुष्ठानका कार्य र सहयोग संकलन हुँदै आएको भन्दै नगरले त्यसो नगर्न आग्रह गरेको छ ।

यदि धार्मिक तथा अन्य संघसस्थाले धार्मिक अनुष्ठानका कार्य र सहयोग संकलन गर्नु परे नगरपालिकाबाट अनुमति लिएर मात्रै गतिविधि अगाडी बढाउन सूचनामार्फत भनिएको छ । सूचनाको वेवास्ता गरे कार्यक्रम संचालानमा नियन्त्रण गर्ने पालिकाले चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस