काभ्रेमा नयाँ संक्रमितको संख्यामा बृद्धि : आज १६ जनामा संक्रमण

काभ्रे (धुलिखेल) – केही दिन यता काभ्रेमा नयाँ कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । काभ्रेमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले १६ जना महिला र २२ जना पुरुष गरी ३८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरीएको १७ वटा पिसिआर र ९ वटा एन्टिजेन गरी कुल २६ वटा परीक्षणमा १२ वटा पिसिआर र ४ वटा एन्टिजेन गरी १६ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ ।

योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ७७ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म काभ्रेका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

जिल्लामा आज ७ जनाले पहिलो मात्राको र २१ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस