आइतबार, माघ ११, २०८२
ऐतिहासिक  मूर्ति चोरी गरेको आरोपमा दुई जना पक्राउ

ललितपुर – ललितपुरबाट ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्‍दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका–२० नःटोल बस्‍ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् ।

उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर–१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट नारायणको मूर्ति र पुस १५ गते रातिको समयमा गोदावरी नगरपालिका३ टौखेलस्थित पञ्चयिन मन्दिरबाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका उनीहरुलाई ललितपुर जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय