मोबाइल र ल्यापटप चोरी गर्ने सिन्धुपाल्चोकका ३ पुरुष सहित ४ जना पक्राउ

काठमाडौं – मोबाइल र ल्यापटप चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौं मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भइ काठमाडौंको गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङ र काठमाडौंको गोकणेश्वर नगरपालिकाका निशान डंगोल रहेका छन् ।

उनीहरुलाई आज (मङ्गलबार) काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट चोरी गरेका २१ थान मोबाइल र दुई थान ल्यापटप प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस