तेमाल सरमथलीका बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काभ्रे (तेमाल) – जिल्लाको तेमाल गाउँपालिका वडा नं ३ स्थित सरमथलीका बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । YBO Community/club Nepalको सहयोगमा रमथलीका बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

उक्त वडाका ६० वर्ष माथीका १ सय ५० जना र काली देवी आधारभूत विद्यालयका ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।चिसो बढ्दै गएकोले बालबालिका र जेष्ठ नागरिकलाई मध्यनजर गर्दै वडा अध्यक्षको पहलमा कपडा वितरण कार्यक्रम गरिएको हो ।

YBO Community/club Nepalले सञ्चाल गरेको कारखानाको पहिलो उत्पादन नै जेष्ठ नागरिक तथा बालबालिकालाई दिन पाउदा आफुलाई खुुसी लागेको संस्थाका कार्यकारी निर्देशक धिरेन्द्र तामाङले बताए। कपडा पाएपछि बालबाालिका तथा जेष्ठ नागरिक पनि निकै खुसी भएका छन्।

कार्यक्रम समापन गर्दै वडा अध्यक्ष विष्णु बहादुर तामाङले सहयोगी संस्थालाई धन्यवाद दिए ।अगमाी दिनहरुमा अझ धेरै जनताको सेवामा आफु निरन्तर लाग्ने पनि अध्यक्ष तामाङले बताएका छन। न्यानो कपडा वितरण कार्यक्रमा वडा अध्यक्ष विष्णु बहादुर तामाङ, YBO Community/club Nepalका सदस्य लगाएत कार्यकारी निर्देशक धिरेन्द्र तामाङ , विभिन्नका पार्टी प्रतिनिधि ,शिक्षक, वडा सचिव र लक्षित वर्गहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस