रोशीमा ‘एक गाउँ एक अधिकृत, एक गाउँ एक इन्जिनियर उत्पादन कार्यक्रम’ कार्यान्वयन हुदैँ

काभ्रे (रोशी) – जिल्लाको रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत, एक गाउँ एक इन्जिनियर उत्पादन कार्यक्रम’ कार्यान्वयन गर्ने भएको छ ।

रोशी गाउँपालिकाको आ.व २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमलाई कार्यन्वयनको तयारी गरेको हो । उक्त कार्यक्रम कार्यान्वयनका लागि तयारी भइरहेको बारे जानकारी गराउँदै गाउँपालिकाले सूचना सार्वजनिक गरेको छ ।

गाउँपालिकाबाट प्रकाशित भएको सूचना अनुसार सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुंच पुर्‍याउन एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर उत्पादन कार्यक्रमका लागि रोशी गाउँपालिकामा स्थायी बसोबास गर्ने योग्यता पुगेका नागरिकहरुलाई निवेदन पेश गर्नका लागि अनुरोध गरिएको छ ।

मंगलबार प्रकाशित उक्त सूचनामा एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर उत्पादन प्रोत्साहन कार्यक्रमका लागि आवश्यक कागजात तथा योग्यता पुगेका १/१ जना नागरिक छनौट गरिने उल्लेख गरिएको छ । आवश्यक कागजात सहित पौष २७ गते भित्र निवेदन पेश गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाद्वारा प्रकाशित सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस