काभ्रे कोरोना अपडेट : १५ जनामा कोरोना संक्रमण, ५ जना संक्रमणमुक्त
काभ्रे (धुलिखेल) – जिल्लामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ५ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ५९ वटा पिसिआर र १५ जना एन्टिजेन गरी कुल ७४ वटा परीक्षणमा १४ वटा पिसिआर र १ वटा एन्टिजेन गरी १५ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ९२ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५१ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
जिल्लामा अहिले २३ जना महिला र २५ जना पुरुष गरी ४८ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । अहिलेसम्म काभ्रेका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
जिल्लामा आज ३ जना महिला र १ जना पुरुष गरी ४ जनाले पहिलो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् भने ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाले दोस्रो मात्राको भेरोसेल खोप लगाएको कार्यालयको जानकारी छ ।