सुनको मूल्य ५ सय रुपैँयाले घट्यो
बिहिबार, पौष २२, २०७८ | ११:३७:११

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुन आज प्रतितोला ५ सय रुपैँयाले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो ।