दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइने : कृषि मन्त्री हुमागाईँ

काभ्रे (बनेपा) – बागमती प्रदेश दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री बसुन्धरा हुमागाईको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले किसानको हितलाई विशेष ध्यान दिँदै दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

बोर्डको बैठकले गरेको निर्णय कार्यन्वयनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको मन्त्री हुमागाईले बताए । मूल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । बोर्डले आगामी १४ दिनभित्र मन्त्रालयले उक्त निर्णय लागू नगरे आवश्यक कदम चाल्ने बताएको छ ।

मन्त्री हुमागाईँको अध्यक्षतामा बसेको बैठकले दूध उत्पादनको लागत मूल्य बढिरहेको र लामो समयसम्म मूल्य समायोजन नभएको भन्दै यस्तो निर्णय गरेको जनाएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय