भारतमा ओमिक्रानको त्रास बढ्दो : प्रधानमन्त्री देउवाले भाग लिने भाइब्रेन्ट गुजरात समिट स्थगित
बिहिबार, पौष २२, २०७८ | १३:२४:४१
काठमाडौं – केही समय यता भारतमा ओमिक्रानको त्रास बढ्दै गएको छ । संक्रमणको त्रासका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट पोस्टपोन्ड भएको छ ।
समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन भेरिएन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ । जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार गुजरात जाने तयारीमा थिए ।
गुजरातमा आज २०४ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।