काभ्रे कोरोना अपडेट : ८ जनामा संक्रमण, ४ जना संक्रमणमु्क्त

काभ्रे (धुलिखेल ) – जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज ४ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको २३ वटा पिसिआर र ८ वटा एन्टिजेन गरी कुल ३१ वटा परीक्षणमा ७ वटा पिसिआर १ वटा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५५ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले २२ जना महिला र ३० जना पुरुष गरी ५२ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

जिल्लामा आज ५३ जनाले पहिलो मात्राको र १ सय ६३ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस