व्यवसायीहरुलाई गुण्डा गर्दी शैलीमा धम्क्याउने तथा कुटपिट गर्ने काभ्रेका २ पुरुष पक्राउ

काभ्रे (धुलिखेल) – व्यवसायीहरुलाई गुण्डा गर्दी शैलीमा धम्क्याउने तथा कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बनेपा, धुलिखेल पनौती क्षेत्रका व्यवसायीलाई गुण्डा गर्दी शैलाीमा धम्क्याउने तथा कुटपिट गर्ने धुलिखेल नगरपालिका वडा नं ५ स्थित चौकोट बस्ने ३२ वर्षीय ज्वाला भनिने कृष्ण राम महतलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पनौती क्षेत्रमा गुण्डा गर्दी शैलीमा व्यवसायीलाई धम्क्याउने तथा स्थानीयहरुको दैनिक कार्यमा अवरोध पुर्याउने जिल्लाको खानीखोला गाउँपालिका वडा नं ७ बस्ने २८ वर्षीय मम भनिने दिनेश गोलेलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको विभिन्न स्थानमा संचालित विभिन्न उद्योगी व्यवसायीहरुबाट प्राप्त गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ गरिएका उनीहरुलाई ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध सम्बन्धि कसूर अन्र्तगत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।