काठमाडौँ । गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य आज घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्य पनि ३ हजार ८५५ रुपैयाँबाट घटेर ३ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

