काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्री लिसा–लि पाकोस्टासँग डिजिटल रूपान्तरण र प्रविधि विकासका विषयमा छलफल गरेका छन्।
भेटमा मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिको क्षेत्रमा इस्टोनियाले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताएका थिए। दुवै पक्षले दूरसञ्चार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्।

