फिलिपिन्समा १८ वर्ष नपुगी विवाह गरे १२ वर्ष जेल सजाय हुने

फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ।  कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो।

बिहीबार घोषणा गरिएको कानून अनुसार १८वर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन्। दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं अग्रस्थानमा पर्दछ।

राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। उनले जारी गरेको कानून उलङ्घन गर्नेलाई १२ वर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ।

सम्बन्धित खबर

सिफारिस