ट्राफिक नियम उल्लङ्घन गर्ने साढे १५ सय बढी सवारी चालक प्रहरी नियन्त्रणमा
शुक्रबार, पौष २३, २०७८ | ११:४६:४७
काठमाडौँ – ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५६१ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२८ जना र मदिरा पिएर सवारी साधन चलाउने १२४ जना छन् । यस्तै, ढोका खुल्लै राखेर सवारी गुडाउँदै गरेका ५६ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ६६ जनालाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
रातो बत्तीको उल्लङ्घन गर्ने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।