घट्यो सुनको मूल्य : कतिमा हुदैँछ कारोबार ?
शुक्रबार, पौष २३, २०७८ | ११:५७:२८
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैँयाले घटेको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७ सय रुपैँयाले घटेर ९१ हजार ६ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैँया कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैँया तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले घटेर एक हजार २२५ रुपैँया तोकिएको महासङ्घले जनाएको छ ।