युवक-युवती मृत फेला
शुक्रबार, पौष २३, २०७८ | १२:३९:५०

काठमाडौं – काठमाडौंको एक घरमा युवकयुवती मृत फेला परेका छन् । काठमाडौं हानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत अवस्थामा फेला परेका हुन् ।
बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए । बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।