‘देश बनाउने र जोगाउने पार्टी नेकपा एमाले ’ : पार्टी अध्यक्ष ओली

काभ्रे (धुलिखेल) – देश बनाउने र जोगाउने पार्टी नेकपा एमाले भएको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पार्टी अध्यक्ष के.पी शर्मा ओलीले बताएका छन् । नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष ओलीले देश बनाउने र जोगाउने पार्टी नेकपा एमाले भएको बताएका हुन् ।

‘नेकपा एमाले विकासको पर्यायवाची र विकासको नायकको रुपमा एमाले जुन कार्य गरेको छ । ती कामहरु देखेर विभिन्न पार्टीलाई परित्याग गरेर एमोलेमा प्रवेश गर्नुहुने सबैलाई स्वागत गर्न काभ्रे आएको हु ।’ पार्टी अध्यक्ष ओलीले भने ।

अधिवेशनलाई  सानदार रुपमा सफल्ता हासिल गर्ने शुभकामना दिदैँ काभ्रेमा जनमानिसको उत्साहपूर्ण उपस्थितीले काभ्रेमा एमाले सशक्त भएको बताए । काभ्रेमा यति ठूलो उपस्थितीमा अरु पार्टीले यस्तो सभा गर्न नसक्ने बताउँदै उनले भने, ‘काभ्रेमा पाँचै दल मिलेर यत्रो सभा गरेर देखाउनुस् त । पाँचै भाइ मिलेर सभा गर्नस् त सक्नुहुन्छ ?’ त्यो सभाको आयोजना गर्दासम्म अहिले १२ सय जना एमाले प्रवेश गर्नु भएको छ । बाँकी रहेका पनि यता प्रवेश गरिसक्छन् कसलाई लिएर सभा गर्ने भन्दै व्यङग्य गरे ।

नेकपा एमालेलाई देशका बृद्ध–बृद्धाको, आमा–बुबाको जेष्ठ नागरिकको आर्शिवाद मिलेको बताउँदै पार्टी अध्यक्ष ओलीले भने, ‘जेष्ठ नागरिकको आर्शिवाद पाएको पार्टी नेकपा एमाले । त्यसकारण पनि पार्टी सक्रिय भएको छ । ‘राष्ट्रियताको रक्षा गर्ने कुरामा र सामाजिक न्याय समानता स्थापित गरेर अगाडी बढ्दै ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को गन्तव्यमा पु¥याउनेछ ।’

जिल्ला अधिवेशनमा उच्च स्तरको समझदारी, सहमति र एकताको बाटोबाट अगाडी बढ्न उनले सुझाव दिएका छन् । ‘यदि तपाईहरुमा सहमति जुट्न नसकेमा स्वस्थ्य प्रतिस्पर्धाका साथ अगाडी बढ्नुहोस्,’ सुझाव दिदैँ उनले भने, ‘स्वस्थ्य प्रतिस्पर्धाबाट नेत्तृत्व चयन गर्नुहोस् ।’

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा धुलिखेल सदरमुकामस्थित खेलकुद मैदान रंगशालामा जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । अधिवेशनको उद्घाटन समारोहमा पूर्वमन्त्री एवं जिल्ला पार्टी इन्चार्ज गोकुल बास्कोटा, काभ्रेका पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, चन्द्र लामा नबिना लामा लगायतले मन्तव्य राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस