राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश
शनिबार, पौष २४, २०७८ | ८:०३:४२

काभ्रे (धुलिखेल) – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रवेश गरेका छन् । उनीसहित उपाध्यक्ष, सचिव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राप्रपा जिल्ला उपाध्यक्ष एवं रोशी गाउँपालिका-१ बाट निर्वाचित वडा श्रीदाश लामा, जिल्ला सचिव रोशी गाउँपालिका-३बाट निर्वाचत वडा अध्यक्ष धनजित लामा एमाले प्रवेश गरेका हुन् । त्यसैगरी क्रान्तिकारी माओवादीबाट निर्वाचित रोशी गाउँपालिका-४ का वडाअध्यक्ष तेजबहादुर मगर पनि एमाले प्रवेश गरेका छन् ।
राप्रपा जिल्ला अध्यक्षसहित अधिकांश जिल्ला सदस्यहरु एमालेमा प्रवेश गरेको छन् । १०औं जिल्ला अधिवेशनमा राप्रपा अध्यक्षसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा आलीले स्वागत गरेका थिए ।