एमाले काभ्रेको जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुदैँ
शनिबार, पौष २४, २०७८ | ८:५३:००
काभ्रे (धुलिखेल) – नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन अन्र्तगत आज बन्दसत्र कार्यक्रम रहेको छ । अधिवेशनको बन्दसत्र आज बिहान ८ :३० बजेबाट धुलिखेल नगरपालिकाको नवनिर्मित सभाहलमा सुरु हुदैँ छ । बन्दसत्र आज दिउँसो १ बजेसम्म सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।
एमाले काभ्रेले १० औँ जिल्ला अधिवेशन धुलिखेल स्थित रंगशालामा शुक्रबार उदघाटन गरेको थियो । जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गरेका थिए ।