६ जिल्लाका सिडियो सरुवा, काभ्रेमा हुमकला पाण्डे
काभ्रे (धुलिखेल) – गृहमन्त्रालयले आधा दर्जन प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई काभ्रे जिल्लाको जिम्मेवारी दिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई धनुषाका पठाउँदा काभ्रेका शिवराम पोखरेल मन्त्रालय तानिएका छन् । त्यसैगरी सल्यानका प्रजिअ लक्ष्मीदेवी होमागाई मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा विपिन आचार्यलाई पठाइएको छ ।
यस्तै कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मन्त्रालयमा तानिएको छ । भने, उपसचिव रामहरि शर्मा कालिकोटको प्रजिअ बनेका छन् । सहसचिव सुमन घिमिरेलाई नवलपरासी (पूर्व) जिम्मेवारी दिइएको छ । बुधवार मात्रै मन्त्रालयले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअ हेरफेर गरेको थियो ।