काभ्रेमा आज २ जनामा संक्रमण पुष्टि

काभ्रे (धुलिखेल) – जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले २४ जना महिला ३२ जना पुरुष गरी ५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ३ वटा पिसिआर र १३ वटा एन्टिजेन गरी कुल १६ वटा परीक्षणमा १ वटा पिसिआर र १ वटा एन्टिजेन गरी २ वटा रिर्पोट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ४ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५५ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिलेसम्म १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

जिल्लामा आज १ सय ८१ जनाले पहिलो मात्राको र ८ सय ७८ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार जिल्लामा आज ८ जना महिला र ८ जना पुरुष गरी १६ जना बालबालिकाले धुलिखेल अस्पतालमा र २ सय ४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ६ सय ५० जना बालबालिकाले नेपाल पुलिस स्कुल साँगामा पहिलो मात्राको मोडर्ना खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस