सार्वजनिक सेवा लिन कोरोना खोप कार्ड अनिवार्य

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्दै गएसँगै सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस