
श्री सरस्वती मा.विमा पौष ३० गते निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हुने
काभ्रे (पार्थली) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पार्थलीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हुने भएको छ ।
श्री सरस्वती माध्यमिक विद्यालय पूर्व मञ्च तथ सडकमा स्वास्थ्यको आयोजनामा पौष ३० गते विद्यालयमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्न लागिएको हो । उक्त शिविरलाई नेशनल मेडिकल स्टुडेण्ट एसोसिएसन, श्री सरस्वती मा.वि, बेथानचोक गाउँपालिकाको वडा नं ४ को वडा कार्यालय, भिमःदेवःनेवाः समाज बेथानचोकले सहयोग गरेको छ ।
विद्यायको वार्षिक उत्सवको अवसर पारेर विद्यालयमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । पौष ३० गते बिहान १० बजेदेखि विद्यालयमा प्राङ्गणमा हुने निःशुल्क स्वास्थ्य तथा दन्त शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन सम्पूर्ण विद्यार्थी, अभिभावक तथा स्थानीयलाई विद्यालयले अनुरोध गरेको छ।