सबै बैंकका एटीएम बुथका ढोका खुलै राख्न राष्ट्र बैंकको निर्देशन
सोमबार, पौष २६, २०७८ | १६:२४:१३
काठमाडौं – सबै बैंकका एटीएम बुथका ढोका खुलै राख्न नेपाल राष्ट्र बैंकको निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सबै बैंकका एटीएम बुथका ढोका खुलै राख्न राष्ट्र बैंकको निर्देशनवर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सतर्कता अपनाउन भनेको हो।
उक्त निर्देशनमा प्रत्यक्ष सम्पर्कमा आउने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने, भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने, एटीएम बुथहरुको ढोला खुला राखी स्यानिटाइजरको व्यवस्था गर्न दिर्नेशन दिइएको छ।