शिक्षामन्त्री पौडेल आइसोलेसनमा
सोमबार, पौष २६, २०७८ | १६:४३:५०
काठमाडौं – कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री देवेन्द्र पौडेलमा होम आइसोलशेनमा बसेका छन् । उनको कोरोना परीक्षणका लागि स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनमा आइतबारदेखि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको छ । साँझसम्म रिपोर्ट आउने बताइएको छ । अहिले उनी क्वार्टरमै बसेर आराम गरि रहेको सचिवालयको जानकारी छ ।