काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्यो : एकैदिन थपिए २६ जना संक्रमित

काभ्रे (धुलिखेल) – काभ्रेमा आज कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । आज एकैदिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले ३८ जना महिला र ४८ जना पुरुष गरी ८६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १ सय ४९ वटा पिसिआर र १९ वटा एन्टिजेन गरी कुल १ सय ६८ वटा परीक्षणमा २४ वटा पिसिआर र २ वटा एन्टिजेन गरी २६ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ३४ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण १ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा आज २ सय ९५ जना महिला र २ सय ९३ जना पुरुष गरी ५ सय ८८ जनाले धुलिखेल अस्पतालमा र ८ सय ५० जना महिला र ८ सय ५३ जना पुरुष गरी १७ सय ३ जनाले बनेपा नगरपालिकामा पहिलो मात्राको मोडर्ना खोप लगाएको कार्यालयको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस