पाँचखालका रोहनका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी प्रदान
काभ्रे (पाँचखाल) – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ ।
कम्पनीले पाँचखाल नगरपालिका वडा न ४ का २१ वर्षिय रोहन मलेकारको परिवारलाई घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी प्रदान गरेको हो । मृतकका बुबा रबिन्द्र मलेकरलाई मृत्यु दाबी रकम २० लाख ५४ हजार १ सय ६८रुपैयाँ भुक्तानी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
गत मङ्सिरमा माइतीघर मण्डलामा भएको मोटरसाइकल दुर्घटना हुदाँ रोहन मलेकारको उपचारको क्रममा अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो । स्वर्गीय रोहन मलेकारले नेपाललाइफ इन्स्योरेन्समा बीमा गरेको १ वर्ष नपुग्दै उनको स्वर्गारोहण भएको थियो । उनले कम्पनीमा गरेको बीमाङ्क रकमको आधारमा कम्पनीले उनको परिवारलाई घरमा नै गएर चेक मार्फत दाबी भुक्तानी दिएको हो ।
उक्त दावी भुक्तानी गर्न कम्पनीका तर्फबाट पाँचखाल उप–शाखा प्रमुख विनय सापकोटा, सोही उप शाखा कर्मचारी उमेश खत्री,सम्बन्धित वडा प्रतिनिधि(पाँचखाल न।पा। वडा न ४ का वडाअध्यक्ष सुन्दर लामा, सिनियर एजेन्सी म्यानेजर उध्दव प्रसाद अधिकारी , एजेन्सी म्यानेजर सन्तोष नापित ज्यु, युवा व्यवसायी नविन निरौला लगायतको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सो दावी सम्पूर्ण कागजात प्राप्त गरेको २ दिन भित्रै भुक्तानी गरेको देख्दा आफू अझै हौसिएको र निरन्तर यस क्षेत्रमा समाज सेवाको भावले लाग्ने सिनियर एजेन्सी म्यानेजर उध्दव प्रसाद अधिकारीले बताए ।