काभ्रे एमाले अधिवेशन : उपाध्याक्षमा चन्द्र लामा विजयी
सोमबार, पौष २६, २०७८ | २२:४६:०५

काभ्रे (धुलिखेल) – नेकपा एमाले काभ्रेको उपाध्यक्षमा चन्द्र लामा विजयी भएका छन् । एमाले काभ्रेको १० औँ जिल्ला अधिवशेनबाट उपाध्यक्षमा चन्द्र लामा विजयी भएका हुन् ।
लामाले ६ सय ३९ मत ल्याएर उपाध्याक्षमा निर्वाचित भएका हुन् । जिल्ला उपाध्यक्ष पदका लागि उनका प्रतिद्वन्दी कञ्चन अधिकारीले ३ सय ९३ र हरि शरण दाहालले ३ सय ३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा राजन भुर्तेल विजयी भएका छन् । भुर्तेलले ७ सय ३७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी इन्द्र लामाले ६ सय २६ मत ल्याएका छन् ।
त्यसैगरी उपसचिवमा कुमार तिमल्सिनाले ३ सय ७५, राजकुमार सापकोटाले ३ सय ७५ , दिलिप लामाले ३ सय ३७ र महेश्वर जंगमले ७२ मत प्राप्त गरेका छन् ।
जिल्ला अधिवशेनको मतदान आज साँझ सम्पन्न भएको थियो । अधिवेशनमा १४ सय ३५ जना प्रतिनिधिमध्ये १३ सय ६३ले मतदान गरेका थिए ।