कोरोनाको खोप कार्ड हराएमा के गर्ने ?

काठमाडौं – कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसँगै अब कार्ड खोज्नुपर्ने अवस्था आएको छ ।

झण्डै एक वर्षअघि नै खोप लगाइसकेका र विदेश आउजाउ गरिरहनु नपर्नेहरुको लागि नेपालमा यसअघि खोप कार्ड देखाइरहनु पर्ने आवश्यकता थिएन । जसले गर्दा धेरैको खोप कार्ड हराउने वा नासिने समस्या देखिएको छ । तर अहिले सीसीएमसीले एक्कासी खोप कार्ड अत्यावश्यक गराएपछि खोप लगाएकाहरु के गर्ने भन्ने दुविधामा देखिएका छन् ।

खोप कार्ड हराएकाहरुलाई पुनः बनाइदिने व्यवस्था छ त ? कोरोना खोप लगाएको कार्ड हराएको छ भने जुन जिल्लामा खोप लगाएको हो, सोही जिल्लाको स्वास्थ्य कार्यालयमा गएर कोरोना खोप कार्ड बनाउन सकिने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।कोरोना खोप लगाएको रेकर्ड सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा बुझाइने भएकाले सम्बन्धित जिल्लामै गएर नयाँ कार्ड बनाउनु पर्ने उनले स्पष्ट पारे ।

हुन त, खोप कार्ड भन्दा पनि कार्डको फोटोलाई अनिवार्य गरिएको छ । त्यसैले कार्ड हराएको भएपनि खोप कार्डको फोटो देखाएर पनि सार्वजनिक सेवा लिन सकिन्छ । तर नयाँ कार्ड नै बनाउनुपर्ने अवस्था भएमा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुपर्ने गौतमले बताए । साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस