सुनको मूल्य ३ सय रुपैँयाले बढ्यो
मंगलबार, पौष २७, २०७८ | ११:४७:५१
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैँयाले बढेको छ ।
सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैँयाले बढेर ९१ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १२ सय तीस रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १२ सय बीस रुपैयाँमा कारोबार भएको थियो।