दिल्लीका सबै नीजि कम्पनी बन्द गर्न आदेश
मंगलबार, पौष २७, २०७८ | १२:१९:१२
दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ ।
राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो। डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ । साथै, जुन कार्यालय छुटको श्रेणीमा छन्, ती पनि खुल्ला हुनेछन् ।
नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन् ।