कोरोना संक्रमणका कारण भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना

कोरोना संक्रमणका कारण भारतीय विख्यात गायिका लता मंगेशकर अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ । मंगेशकरलाई आईसीयूमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । ९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस