चमेराले फैलिएको रोगका कारण ५ जनाको मृत्यु

अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् ।  अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ ।

सिडिसीको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन जनाको मृत्यु रोग लागेको पाच सातामै भएको थियो । विश्वमा रेबिज रोग मुख्यतया कुकुरको टोकाइबाट सर्ने भएता पनि चमेराले टोक्दा पनि रेबिज फैलिन सक्दछ । रेबिज फैलाउने चमेरालाई रेबिड ब्याट्स भनिन्छ ।

अमेरिकामा रेबिज संक्रमणमध्ये ७० प्रतिशत रेबिज संक्रमण चमेराबाटै हुने गरेको छ । सिडिसीले चमेरासँग हेलमेल नगर्न र चमेरा देख्ने बित्तिकै सरकारी निकायलाई खबर गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस