सार्वजनिक सवारी सञ्चालनका लागि डिसिएमसी काभ्रेले गर्‍यो यस्तो निर्णय

काभ्रे (धुलिखेल) – सवारी सञ्चालन गर्दा कुल सिट क्षमता भन्दा बढि यात्रु नराख्न जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले निर्देशन दिएको छ ।

आज बसेको डिसिएमसीको  बैठकले सार्वजनिक सवारी साधनमा कुल सिट क्षमताभन्दा बढि संख्यामा यात्रुहरु राख्न नपाइने निर्णय गरेको हो । पौष २९ गतेबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय गरिएको हो ।

बैठकको निर्णय अनुसार सार्वजनिक सवारीका चालक, सह–चालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्नुपर्ने हुन्छ । कोही कसैले कार्यालयबाट जारी गरिएको निर्देशन पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने बैठकले निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस