काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्यो : सक्रिय संक्रमित १ सय नाघ्यो

काभ्रे (धुलिखेल) – केही यता काभ्रेमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । आज मात्रै जिल्लामा १९ जनामा कोरोना संक्रमाण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको जनाकारी छ । कार्यालयका अनुसार जिल्लामा अहिले ५० जना महिला र ५५ जना पुरुष गरी १ सय ५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १४ वटा पिसिआर र १९ जना एन्टिजेन गरी कुल ३३ वटा परीक्षणमा १४ वटा पिसिआर र ५ वटा एन्टिजेन गरी १९ वटा रिपोर्ट पोजेटिभ आएको छ । योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ५३ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म काभ्रेका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस