४ सय रुपैँयाले बढ्यो सुनको मूल्य
बुधबार, पौष २८, २०७८ | ११:३३:०१
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैँयाले बढेको छ । मंगलबार ९१ हजार ६ सय रुपैँयामा कोरोबार भएको छपापवाल सुन आज ४ सय रुपैँयाले बढेर प्रतितोला ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । जसको मूल्य हिजो मंगलबार प्रतितोला ९१ हजार १ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार, आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँमा कोरोबार भएको थियो ।