
मोरङ – ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ५:३० बजेको समयमा कलेज हिँडेका एक विद्यार्थीलाई ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षिय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।