शिक्षा मन्त्रालयको निर्देशनलाई बेवास्ता गर्दै चौरीदेउराली गाउँपालिका : जोखिमका बिच विद्यालय सञ्चालन गरिने

काभ्रे (बनेपा) – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पौष २७ गतेदेखि विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर जिल्लको चौरींदेउराली गाउँपालिकाले भने मन्त्रालयको निर्देशनलाई बेवास्ता गर्दै पालिकाभित्रका विद्यालयहरु नियमित रुपमा संचालन गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले  बुधबार एक पत्र जारी गर्दै सबै विद्यालयहरुलाई सञ्चालनका लागि निर्देशन दिएको हो । कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति अनुसार विद्यालयहरु बन्द गर्ने र बैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्नु भनिएता पनि गाउँपालिकाले भने बैकल्पिक विधिबाट सिकाइ सहकजीकरण प्रभावकारी नहुने भन्दै विद्यालय निरन्तर सञ्चालनका लागि निर्देशन दिएको लामाद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयका सम्बन्धमा कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति अनुसार मिति २०७८।०९।२७ गतेदेखि २०७८।१०।१५ गतेसम्म विद्यालयहरु बन्द गर्ने र बैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्नु भनिएता पनि यस गाउँपालिकामा बैकल्पिक विधिबाट सिकाइ सहकजीकरण प्रभावकारी नदेखिएको हुँदा सहज परिस्थितिमा स्वास्थ्य सुरक्षका सम्पूर्ण मापदण्ड पालना गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि नियमित रुपमा विद्यालय सञ्चालन गर्नुहुन अनुराध छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस