सडक खन्ने क्रममा पहिरोले डोजर पुरिदाँ तीनजना बेपत्ता

धादिङ – सडक खन्ने क्रममा पहिरोले डोजर पुरिदाँ तीनजना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए।

घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस