सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो
बिहिबार, पौष २९, २०७८ | ११:५५:२५
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहिबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । यस्तै बुधबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।