भारतमा एकैदिन थपिए २ लाख ४७ हजार ४१७ नयाँ संक्रमित
बिहिबार, पौष २९, २०७८ | १२:०३:०९

भारतमा पछिल्लो २४ घण्टामा करिब साढे दुई लाख नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा २ लाख ४७ हजार ४१७ नयाँ संक्रमित थपिएका हुन्।
अघिल्लो २४ घण्टाको तुलनामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या २७ प्रतिशतले बढेको हो। त्यस्तै भारतमा कोरोनाको महामारी सुरु भएपछि पहिलोपटक नयाँ संक्रमितको संख्या ५० हजारभन्दा धेरैले बढेको हो।
भारतमा गत मे महिनापछि पहिलोपटक कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २ लाख नाघेको हो। भारतमा कोरोनाको संक्रमणदर पनि १३ प्रतिशत नाघेको छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण ३८० जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका ५ हजार ४८८ संक्रमित फेला परेका छन्।