‘पशुपति प्रसाद २’ निर्माण हुने

काठमाडौं –  ‘पशुपति प्रसाद २’ निर्माण गर्ने तयारीमा रहेको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् । चलचित्रको सिक्वेल बनाउने विषयमा कुरा भइरहेको पुष्टि गर्दै निर्देशक खनालले भने, ‘यसको सिक्वेल बनाउनुपर्छ भनेर मलाई पनि धेरैले भन्नुभएको छ । दर्शकले अत्याधिक माया गरेको चलचित्रको सिक्वेल बनाउनुपर्छ कि भन्ने मलाई पनि लागेको छ ।’

दीपेन्द्र चाँडै नै र्‍यापर भिटेनसँग नयाँ चलचित्रमा सहकार्य गर्दैछन् । दीपेन्द्रले भिटेनसँगको चलचित्रको काम सकेपछि ‘पशुपति प्रसाद २’को काम अगाडि बढाउने संकेत गरेका छन् । उनले लकडाउन लगत्तै घोषणा गरिएको चलचित्र ‘लकडाउन’ पनि बन्ने बताएका छन् । दीपेन्द्रका अनुसार चलचित्रको सिक्वेललाई कुन शैलीमा अगाडि बढाउने भन्ने विषयमा कुराकानी अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस