पनौतीको वर्णन गर्ने ‘पनौती मकर मेला’ गीत सार्वजनिक

काभ्रे (पनौती) – काभ्रेको पनौतीमा १२ वर्षमा लाग्ने १२ वर्षे मकर मेलालाई सान्दिर्भक बनाएर ‘पनौती मकर मेला’ गीत सार्वजनिक गरिएको छ । पनौती नगरपालिका र इन हाउस क्रियसनको संयुक्त सहकार्यमा निर्माण भएको ‘पनौती मकर मेला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

काभ्रेली गायिका शर्मिला श्रेष्ठ र गायक गोकुल राउतको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत शर्मिला श्रेष्ठकै रहेको छ । गीतको संगीत संयोजन दिनेश लामाले गरेका छन्।उक्त गीतको म्युजिक भिडियोको निर्देशन भिमसेन अधिकारीले गरेका छन् भने सिनेमाटोग्राफी सुरेश श्रेष्ठले गरेका छन् । त्यस्तै म्युजिक भिडियोको सम्पादन फो के मिडिया नेपालले गरेको छ ।

भिडियो हेर्नुहोस् :

 

सम्बन्धित खबर

सिफारिस