पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेश सहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो
धादिङ, गजुरी गाउँपालिका-२ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजिमा किराना पसल गरी बस्ने सोही नगरपालिका-१ घर भएका ३६ वर्षीय अगुन डगौरालाई करिब ४६ ग्राम २७ मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ मिलन चौराहबाट करिब १८ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम सिह ठगुन्ना र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज बिश्वास रहेका छन् । ईलाका प्रहरी कार्यालय चाँदनीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
सुनसरी, ईनरुवा नगरपालिका-८ भिट टोलबाट लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ३५ वर्षीय अलिहक मन्सुरी र ईनरुवा नगरपालिका-८ बस्ने ३४ वर्षीय संजिव साह रहेका छन् । साईकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी डुम्राबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साइकल चालक मन्सुरीको साथबाट नियन्त्रित लागूऔषध २२ ट्याब्लेट नाईट्रोजन र २ ट्याब्लेट स्पास्मोप्रोकस्भिन तथा साइकलमा सवार साहको साथबाट करिब ३० ग्राम अवैध लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?