नमोबुद्धको एघारौं नगर सभाको पहिलो बैठकमा संंस्था दर्ता सम्बन्धि विधेयक पेश

नमोबुद्ध (भकुण्डेबेशी) – जिल्लाको नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पेश गरिएको छ ।

नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वठा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पेश गरेका हुन् । यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं.२ का वडाअध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पेश गरेका छन् । नगरसभाको आगामी माघ ६ गते बस्ने दोस्रो बैठकले आवश्यक छलफल र संशोधनपछि संस्था दर्तासम्वन्धी विधेयक तथा विनियोजन विधेयकको संशोधन प्रस्ताव पारित गर्नेछ ।

नमोबुद्ध नगरपालिकाले यसअघि १० वटा नगरसभा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसबीचमा नगरपालिको दर्जनौं ऐन, कानुन तथा निर्देशिका र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । गत वर्ष चैतमा नमोबुद्ध नगरपालिकाको विशेष नगरसभासमेत सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस