धुलिखेल नगरपालिकाले काभ्रेका पत्रकाहरुको स्वास्थ्य बीमा गर्ने

काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिकाले काभ्रेका पत्रकाहरुको स्वास्थ्य बीमा गर्ने भएको छ । आज बसेको धुलिखेल नगरपालिकाको बैठकले काभ्रेका सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य र प्रेस पास भएका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने धुलिखेल नगरपािलकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले जानकारी दिए। उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम यसै आर्थिक वर्षबाट लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस